शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुई बालिका अरुण नदीमा बेपत्ता

दुई बालिका अरुण नदीमा बेपत्ता

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • दुई बालिका अरुण नदीमा बेपत्ता

    भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । हतुवागढी–९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    बेपत्ता हुनेमा १३ वर्षीया खुशी राई र १२ वर्षीया कृषिका राई छन् । उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन् ।

    खुशी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार