शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नारायणगढ–मुग्लिन सडक दुई घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक दुई घण्टा बन्द

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • नारायणगढ–मुग्लिन सडक दुई घण्टा बन्द

    नारायणगढ–मुग्लिन सडक खण्ड आज (बिहीबार) दुई घण्टा बन्द गरिएको छ ।

    भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ । त्यसैले सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदैछ ।

    त्यसैले डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘आज मिति २०८२/०३-१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ ।’ सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार