ललितपुरको छम्पीमा एक महिला मृत फेला परेकी छन् । गोदावरी नगरपालिका–९ छम्पीस्थित अमृत विष्टको गाई फर्ममा १८ वर्षीया महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
मकवानपुरगढी गाउँपालिका–१ घर भएकी २० वर्षीय पाल्साङ बमजनकी १८ वर्षीया श्रीमती सुशीला बम्जन मृत फेला परेकी हुन् । एसपी जोशीका अनुसार उनी बुधबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
छम्पीमा जग्गा भाडामा लिएर गाई पालन गर्दै आएको फर्ममा उनीहरू दुई जना पछिल्लो ११ दिनदेखि काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्