शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

    आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ ।

    आजको बैठकमा सांसद जग प्रसाद शर्माले 'खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी'  संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले 'विनियोजन विधेयक, २०८२' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम 'विनियोजन विधेयक, २०८२' सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    Upper1750898496.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार