शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बजेट नआएपछि मेयर बालेनलाई दबाब दिंदै तर्जुमा समितिले गरायो ध्यानाकर्षण

बजेट नआएपछि मेयर बालेनलाई दबाब दिंदै तर्जुमा समितिले गरायो ध्यानाकर्षण

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • बजेट नआएपछि मेयर बालेनलाई दबाब दिंदै तर्जुमा समितिले गरायो ध्यानाकर्षण

    काठमाडौँ महानगरपालिकाले निर्धारित मितिमा बजेट ल्याउन नसकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन) को ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक–पटक दबाब दिँदा पनि मेयर बालेनले बेवास्ता गरेको समितिको आरोप छ । आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्न समेत पहल नगरेपछि महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप समितिले लगाएको हो ।

    मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिको बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । समितिले बुधबार औपचारिकरुपमा बालेनलाई यसबारे ध्यानाकर्षण गराएको छ । उपप्रमुख सुनीता डंगोलको संयोजकत्वमा बन्ने बजेट तर्जुमा समितिमा प्रमुख प्रशासकीय अधिकृत, योजना महाशाखा प्रमुख लगायत सदस्य हुन्छन् । महानगरका प्रवक्तासमेत रहेका समितिका सदस्य नवीन मानन्धरले मेयर शाहले बजेट निर्माणमा समन्वय गर्न नसकेको बताए ।

    प्रवक्ता समेत रहेका समितिका सदस्य नवीन मानन्धरले भने, ‘सबैभन्दा बढी पहल मेयर ज्यूले गर्नुपर्ने हो तर उहाँबाटै त्यो भएन । यहाँले समन्वय गर्नु भएको भए त हिजै बजेट आइहाल्थ्यो नि ?’ बजेट तर्जुमा समितिको अनौपचारिक बैठकमा यो विषयमा समेत केन्द्रित भएर समीक्षा गरेको अर्का एक सदस्यले जानकारी दिए । आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा बजेट अभावले महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, ज्येष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौँ महानगरपालिकाको फोहोरमैला संकलन तथा विसर्जनमा समेत साउन १ गतेदेखि प्रत्यक्ष असर पर्ने पर्ने ती समिति सदस्यको भनाई छ ।

    अनौपचारिक बैठकमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना नगरेको सम्बन्धमा पनि गम्भीर समीक्षा गरिएको छ । ‘ऐनको दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको आफ्नो कार्य वैशाख १० गते भित्र सम्पन्न गरी बजेट तर्जुमा सम्बन्धी कार्य सम्पादनमा सहजीकरण गरी दिनुपर्ने दफा ६६ (६) ले तोकेको समय सीमा पालना हुन नसकेको सम्बन्धमा पनि बैठकमा समीक्षा भएको पत्रमा उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार