शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रोल्पामा वडाध्यक्ष घर्तीमगरको निधन

रोल्पामा वडाध्यक्ष घर्तीमगरको निधन

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • रोल्पामा वडाध्यक्ष घर्तीमगरको निधन

    रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्द्धन घर्ती मगरको निधन भएको छ। मिर्गौला र कलेजोको समस्यासँग जुधिरहेका मगरको मंगलबार साँझ निधन भएको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिए।

    ‘उहाँ बिरामी हुनुहुन्थ्यो, उपचारकै क्रममा उहाँको निधन भएको हो,’ अध्यक्ष मगरले सुनाए, ‘हामी अहिले उहाँको अन्तिम संस्कारको लागि घाट जाँदैछौं।’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। 

    अन्त्यष्ठीको लागि उनको शव गए राति नै घर पुर्‍याइएको थियो। वडाध्यक्ष मगरको निधनमा थवाङ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ। घर्ती स्थानीय तहका गएका दुवै निर्वाचनमा थवाङ ५ बाट प्यानलसहित विजयी भएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार