शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा

सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा

    नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

    केसी हाल पूर्वी पृतनाका निमित्त पृतनापति छन्। उपरथीमा बढुवा भएसँगै केसीलाई पूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिने निर्णय भएको पनि एक मन्त्रीले जानकारी दिएका छन्। केही साता पहिले मात्रै केसी सैनिक प्रवक्ताबाट पूर्वी पृतनामा सरुवा भएका थिए। नेपाली सेनाको अफिसर क्याडेडमा भर्ना भएका केसी २०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीमा भर्ना भएका थिए।

    साढे तीन दशक लामो सैन्य करियरमा केसीले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उपरथीमा बढुवा भएका केसीले भारतको राष्ट्रिय रक्षा कलेजबाट स्नातक गरेका छन्। यस्तै संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी र मंगोलियाबाट विभिन्न कोर्ष पूरा गरेका छन्।

    त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर केसीले भारतको मद्रास विश्वविद्यालयबाट एमफिल गरेका छन् । उपरथी केसीले प्रधानसेनापति प्रभुराम शर्मा हुँदा सैन्य सचिवको रुपमा पनि काम गरिसकेका छन्।त्यसपछि पुरानो गोरखको गणपति र जंगल वारफेयर स्कूलको शिक्षाधिकृत भएर पनि काम गरेका केसी त्यसपछि ३ नम्बर बाहिनीको बाहिनीपतिको जिम्मेवारीमा थिए । बाहिनीपतिबाट २०८१ वैशाख ३ गतेदेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक एवम् सैनिक प्रवक्ताको जिम्मेवारीमा थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार