शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    काभ्रेका कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ।न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै आज (सोमबार) सफाइ दिएको हो।

    लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा करिव ७ वर्ष अघि २०७५ साउन २४ मा लामा दोषी ठहर गरेको थियो । विशेषले उनलाई एक वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गर्ने फैसला गरेको थियो।

    विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गरेको थियो।

    लामाले विभिन्न आपराधिक क्रियाकलापबाट रकम कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्ष अघि २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले कम सजाय गरेको भन्दै विभाग सर्वोच्च अदालत गएको थियो । विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै सफाई दिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार