शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

    अख्तियात् दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

    अख्तियारले नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र शाहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    बिद्युतीय उपकरण (मोबाइल) थान-४ सहित जिल्ला पर्सा, बिरगंज महानगर-१२ प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिइएको छ । 

    साथै हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र ऐ.बिरगंज नगरपालिका-२  का सचिव ओम प्रकाश चौरसियाको साथबाट बिद्युतीय उपकरण (मोबाइल) थान-२ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार