शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विनयी खोलाको बाढी घटेन, डाइभर्सन बनाउन समय लाग्ने

विनयी खोलाको बाढी घटेन, डाइभर्सन बनाउन समय लाग्ने

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • विनयी खोलाको बाढी घटेन, डाइभर्सन बनाउन समय लाग्ने

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको डाइभर्सन बनाउने कार्य अझै शुरु हुन सकेको छैन । गएराती आएको बाढीले अस्थायी डाईभर्सन पुनः बगाएको कारण सवारी आवागमन दुईतर्फी बन्द रहेको छ । 

    गएराती एक यात्रु बाहक बाढीमा परेको थियो । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो ।

    प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेका थिए । यात्रुको उद्धारपछि खोलामै रहेको बस बाढीले बगाएर करिब १ किलोमिटर तल पुर्याएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खोलाको बाढी कम भएपछि मात्र डाइभर्सन बनाउने कार्य शुरु हुने भएको छ । कार्यालयले एक्साभेटर र अप्रेटरलाई खोला किनारमै राखेको र बाढी कम हुनासाथ डाइभर्सनको काम शुरु हुने जानकारी दिएको छ । सडक कार्यालयले सकेसम्म बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार