मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो । सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्