शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपाको विरोधबारे सभामुखले गरे पाँच दलसँग छलफल

रास्वपाको विरोधबारे सभामुखले गरे पाँच दलसँग छलफल

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • रास्वपाको विरोधबारे सभामुखले गरे पाँच दलसँग छलफल

    सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा जारी राखेको विरोधका बारेमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्। 

    छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन्।

    सभामुखले संसद्‍मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग–अलग छलफल गरेका थिए । यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो रिबनमा संसद् प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्। 

    उनीहरूले संसद्‍मा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरेका थिए। सभामुखले यसबारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयं सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार