शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संसद बैठक सुुरु हुने बित्तिकै स्थगित

संसद बैठक सुुरु हुने बित्तिकै स्थगित

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • संसद बैठक सुुरु हुने बित्तिकै स्थगित

    प्रतिनिधिसभाको आज (मंगलबार) को वैठक सुुरु हुने वित्तिकै आधा घण्टाका लागि स्थगित भएको छ। आज पनि प्रतिनिधिसभा बैठकमामा रास्वपा सांसदहरूले नाराबाजी गरेका छन्।

    बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो। उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै प्रश्न उठाइन् । ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन्।

    त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ । तर, कांग्रेस–एमाले र माओवादीले भने गत शुक्रबार नै सदन सञ्चालनको विषयमा दुई बुँदे सहमति गरेका छन् ।

    बिहीबारसम्म माओवादी पनि रास्वपाकै मागअनुसार विरोधमा थियो। रास्वपाका सांसदहरूले यसअघिको बैठकमा पनि वेल घेराउ गर्दै विरोध जनाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार