शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मोसो प्रहार प्रकरण: वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशका अङ्गरक्षक फिर्ता

मोसो प्रहार प्रकरण: वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशका अङ्गरक्षक फिर्ता

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • मोसो प्रहार प्रकरण: वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, न्यायाधीशका अङ्गरक्षक फिर्ता

    उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि मोसो प्रहारको घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । इजलासमै न्यायाधीशमाथि मोसो प्रहार भएपछि पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो ।

    न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने ।

    अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर करिब २ दर्जनको हाराहारीमा नयाँ टोली खटाइएको छ । यस्तै उच्च अदालतका १३ जना न्यायाधीशहरूका सबै अङ्गरक्षकलाई फिर्ता बोलाइएको प्रहरी प्रमुख मिश्रले बताए ।

    मोसो प्रहार प्रकरणपछि अहिले उच्च अदालतमा आवतजावत गर्नेहरूमा कडा निगरानी बढाइएको छ । प्रवेशद्वारमै जाँच गरेर मात्र इजलासमा जान दिइएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार