शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

    इजरायलस्थित नेपाली दुताबासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ ।

    दुताबासले इजरायलमा रहेका नेपाली नागरिकलाई इजरायली होम फ्रन्ट कमाण्डले नयाँ निर्देशन जारी गरेको भन्दै स्थानीय सुरक्षा प्रोटोकल बारे जानकारी लिन र पालना गर्न आग्रह गरको छ ।

    दुताबासले विज्ञप्तिमा भनेको छ- 'यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न  र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।'

    इजरायलले शुक्रबार बिहान इरानमाथि गरेको आक्रमणपछि स्थिति तनाव पूर्ण बनेको छ । इजरायलको आक्रमणपछि इरानले कडा जवाफ दिने चेतावनी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार