शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

उत्तराखण्डको धरालीको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा नेपालीको नाम छैन- दुताबास

उत्तराखण्डको धरालीको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा नेपालीको नाम छैन- दुताबास

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • उत्तराखण्डको धरालीको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा नेपालीको नाम छैन- दुताबास

    दिल्लीस्थित नेपाली दुताबासले भारतको उत्तराखण्डको धरालीमा आएको बाढीमा जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको छ । 

    दुताबासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको जानकारी दिएको तर जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको बताएको उल्लेख गरिएको छ ।

    दुताबासले भनेको छ- 'गत ५ अगष्ट २०२५ मा भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गएको भिषण बाढी पहिरोका कारण भएको धनजनको क्षतिबारे उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ । जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत राजदूतावासलाई जानकारी गराइएको छ ।'

    त्यसैगरी दुताबासले उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा गएको बाढी पहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेको उल्लेख गर्दै घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको उल्लेख गरेको छ ।

    दुताबासले उक्त बाढी पहिरोपश्चात् त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

    उत्तराखण्डको बाढीमा जाजरकोट, जुम्ला र धादिङका गरि १७ भन्दा बढी बेपत्ता भएको भन्दै स्थानीय तहहरुले भने उद्धारका लागि केन्द्र सरकारलाई अनुरोध गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार