शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति

रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • रास्वपा अडानमा कायमै, कांग्रेससँगको छलफलमा जुटेन सहमति

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राहेको छ । सोमबार बिहान सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरुसँगको छलफलमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठनको अडानमा कायम रहेको हो ।

    छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्लेले छलफल गरेका थिए । सदनको अवरोध खुलाउनको लागि विपक्षीहरु लचिलो बनेको भनिएपनि रास्वपाको अडान कायम रहेपछि आज पनि संसदको अवरोध हट्ने बारे अन्योलता बढेको छ । 

    आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाषा मिलाएर सहमति गरिने दाबि गरेका थिए । स्रोतका अनुसार रास्वपाले जेठ २८ गते सर्वोच्च अदालतमा हुने संबैधानिक आयोगका पदाधिकारी बारेको फैसलासम्म संसदको अवरोध कायम राख्ने रणनीतिमा रहेको बताइएको छ ।

    रास्वपा आफ्नो अडानमा कायम रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने संसदको अवरोध खुलाउन सकारात्मक बनेका छन् । 

       

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार