कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।
आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो ।
प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा नीति र कार्यक्रम बहुमतले पारित भएको हो ।
कर्णालीको नीति तथा कार्यक्रम जेठ २३ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्