शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओलीको सरकार बदलाको भावनाले चलेको छः माधव नेपाल

ओलीको सरकार बदलाको भावनाले चलेको छः माधव नेपाल

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • ओलीको सरकार बदलाको भावनाले चलेको छः माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा आफ्ना कुनै संलग्नता नरहेको दावी गरेका छन्।

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आइतबार एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन्। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ तर, मैमाथि यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ,’ उनले भने, ‘हाम्रा कानुनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलेको बताए। ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौं, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्,’ उनले भने, ‘अर्को कुरा कार्यकर्तालाई झोले बनाउने काम पनि नगर्नुहोस्। असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन। ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ । हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौं ।सरकारलाई हामी खबरदारी समेत गर्दै आइरहेका छौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार