शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चौंथो दिन भेटियो सशस्त्रका गोताखोर साउदको शव

चौंथो दिन भेटियो सशस्त्रका गोताखोर साउदको शव

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • चौंथो दिन भेटियो सशस्त्रका गोताखोर साउदको शव

    सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव आज (आइतबार) चौंथो दिन फेला परेको छ।

    आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्‍बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौंथो दिनमा शव फेला परेको हो। उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो।

    डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।

    उनीहरू बेपत्ता भएपछि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमाण्डमा २० जना सुरक्षा फौज परिचालन भएको थियो। थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा ५ जना गोताखोरलाई बिहीबार राति नै त्यसतर्फ पठाइएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार