शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैनः प्रदीप ज्ञवाली

एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैनः प्रदीप ज्ञवाली

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • एमालेलाई गाली नगरी माओवादी र रास्वपाको पसल चल्दैनः प्रदीप ज्ञवाली

    सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरूद्ध संगठितरूपमा विपक्षी लागि परेको आरोप लगाएका छन्। आज (शुक्रबार) भक्तपुरमा आयोजित बागमती प्रदेशको कार्यशालालाई सम्बोधन गर्दै उनले एमालेविरूद्ध पछिल्लो समय राजावादी, माओवादी, रास्वपालगायतका दलहरू संगठित रूपमा लागि परेको बताएका हुन्।

    ‘अहिले एमाले र एमालेको नेतृत्वविरूद्ध गाली नगरी हाम्रो पसल चल्दैन भन्नेमा पछिल्लो समय सबैभन्दा बढी राजावादी, माओवादी, रास्वपा लगायतका दललाई लागेको छ’, उपमहासचिव ज्ञवालीले भने, ‘एमाले गणतन्त्रवादी दल भएकाले राजावादी विरूद्धमा छन्, ३२ सिटको जादु नचलेपछि माओवादी सरकार, एमाले र नेतृत्वविरूद्ध छ, रास्वपाले पुराना दललाई गाली नगरी अगाडि बढ्न सकिँदैन भन्नेमा प्रष्ट छ। तसर्थ सबैको केन्द्रविन्दुमा एमाले भएकाले योजनाबद्ध रूपमा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवश्यकता छ।’

    ज्ञवालीले निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सम्पूर्ण घेराबन्दी तोडेर एमाले सरकारमा पुनः पुग्न सफल भएको दाबी गरेका छन् । उनले एमालेको प्रभावकारी प्रचार, जनप्रतिनिधिको काम गराइ, पार्टी र जनसंगठनले गर्ने कामको आधारमा जनमत बढ्ने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए। उनले देश विकास गर्ने र राष्ट्रवादी शक्ति एमाले भएको उल्लेख गरे।

    उनले मिसन ८४ लाई ध्यान दिएर आ–आफ्नो स्थानबाट लागि पर्न आग्रह गरे। दुई दिने कार्यशालाले १०१ सदस्यीय प्रचार सञ्जाल गठन गरिएको बागमती प्रदेशकी उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार