शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अन्तिम चरणमा अध्ययन बिदा दुरुपयोग गर्ने त्रिवि प्राध्यापकमाथिको छानबिन

अन्तिम चरणमा अध्ययन बिदा दुरुपयोग गर्ने त्रिवि प्राध्यापकमाथिको छानबिन

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • अन्तिम चरणमा अध्ययन बिदा दुरुपयोग गर्ने त्रिवि प्राध्यापकमाथिको छानबिन

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको त्रिविका रजिस्ट्रार प्राडा केदा प्रसाद रिजालले जानकारी दिएका छन्। छानिबिन समितिलाई ताकेता गरिरहेको जानकारी दिंदै उनले भने, ‘अर्को हप्ता रिपोर्ट पेस हुन्छ।’

    त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा खोजबिन समिति बनाएको थियो । समितिले क्याम्पस–क्याम्पसमा पुगेर नफर्किने प्राध्यापकहरुको सूची तयार पारेको छ । त्रिविका प्राध्यापकले अध्ययनका लागि ५ वर्षको तलबी बिदा पाउँछन्। बिदा सकिएपछि फर्किएर जति बिदामा बसेको हो सो बराबर काम गर्नुपर्ने नियम छ। त्रिविको नियममा ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ। यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्तामा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ। तर अध्ययन बिदामा गएका धेरैजसो प्राध्यापक नफर्किने र तलब भत्ता पनि फिर्ता नगर्ने गरेको पाइएको छ।

    त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम २ अर्ब बढी गएको छ । अध्ययन बिदामा गएका प्राध्यापक नफर्किदा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ । त्यसैगरी त्रिविले प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय पनि उल्टाउने भएको छ ।

    नियम विपरीत त्रिविका प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । त्रिविका रजिस्ट्रार रिजालले यो निर्णय कार्यकारी परिषद्ले उल्टाउने तयारी गरेको बताए।बहालवाला तथा पूर्व पदाधिकारीले समेत बेतलबी बिदा जोडेर पेन्सन बुझिरहेका छन्। यो गैरकानूनी र अनैतिक कार्यले त्रिविलाई ठूलो आर्थिक भार परेको छ। त्रिविका अनुसार हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन्। जसमध्ये १२६ जनाले बेतलबी बिदालाई सेवा अवधिमा जोडेका छन् । यो संख्या अझैं धेरै रहेको त्रिविका कर्मचारीहरू बताउँछन्। त्रिविबाट वार्षिक ६ करोड ७३ लाख बढी रकम पेन्सनमा गएको देखिन्छ । यतिसम्म कि पेन्सन खान २० वर्ष सेवा गरेको हुनुपर्छ तर १७ वर्ष सेवा गरेकाले पनि ३ वर्ष बेतलबी बिदा जोडेर पेन्सन बुझिरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार