शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेविरुद्ध जाहेरी

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेविरुद्ध जाहेरी

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेविरुद्ध जाहेरी

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा खड्ग केसीको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी परेको छ। प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी परेको हो। ‘सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्नु भनेर जाहेरी परेको हो। फुटेज हेरेर तोडफोड गर्नेको पहिचान गरिरहेका छौँ,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले भने । प्रहरी वृत्त कीर्तिपुरले दोषीमाथि अनुसन्धान गरी कारबाही गर्नका लागि मंगलबार त्रिविसँग जोहरी मागेको थियो।

    त्रिविले बुधबार तोडफोड गर्नेविरुद्ध सीसीटीभी फुटेजको आधारमा जाहेरी दिएको हो। अब प्रहरीले अनुसन्धान अगाढि बढाउने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ।

    मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी गरेको विज्ञप्तिमा त्रिविको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन्।

    ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्री ज्यू उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै मन्त्री ज्यूले यस्ता अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ।’

    मन्त्रालयले विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौँ विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशिल रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्‍याउने कुनै पनि कार्य सदैव निन्दनीय र भत्र्सना योग्य हुने जनाएको छ।

    मन्त्रालयले भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रुपमा सावधानिपूर्वक प्रयत्न गर्न मन्त्रालयले सवैलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता सापकोटाले जनाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार