शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यात्रुसँग बढी भाडा लिने ३३१ राइड सेयरिङ चालक कारवाहीमा

यात्रुसँग बढी भाडा लिने ३३१ राइड सेयरिङ चालक कारवाहीमा

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • यात्रुसँग बढी भाडा लिने ३३१ राइड सेयरिङ चालक कारवाहीमा
    यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी यात्रुसँग बढी भाडा लिने ३३१ जना राइड सेयरिङ चालक कारवाहीमा परेका छन् ।
     
    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार यात्रुसँग बढी भाडा लिने र यात्रुलाई दुख दिएका ३३१ राइड सेयरिङ चालक कारवाहीमा परेका हुन् । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिएको जनाएको छ । 
     
    सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी राइड सेयरिङ चालकहरुले यात्रुलाई अफलाइनमा मात्र यात्रा गराउने, बढी भाडा लिने र गन्तव्यमा पुर्याएपछि भाडाको बार्गेनिङ गर्ने जस्ता क्रियाकलाप गरेर दुख दिएको देखिएको थियो ।      
     
      

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार