शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, गण्डकी सरकारद्धारा एक महिनाका लागि राइड सेयरिङ स्थगन

यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, गण्डकी सरकारद्धारा एक महिनाका लागि राइड सेयरिङ स्थगन

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, गण्डकी सरकारद्धारा एक महिनाका लागि राइड सेयरिङ स्थगन

    यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्‌ ।

    नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका छन्‌ । नेपालको सार्वजनिक यातायातमा निजी कम्पनीहरूको दबदबा छ ।

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो । 

    गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।

    त्यसलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका हुन् । 

    सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई मङ्गलबार बेलुकी नियमावली फिर्ता लिन भनेको थियो । प्रदेश सरकारले पनि केन्द्र सरकारको आग्रहअनुसार नियमावली स्थगन गरेको जनाएपछि यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्‌ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार