शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरु सहमत

संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरु सहमत

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरु सहमत

    विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठ गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएका छन् ।

    सभामुख देवराज घिमिरेसँगको प्रमुख चार दलका मुख्य सचेतक र प्रमुख सचेतकको छलफलमा सभामुखको आग्रह अनुसार गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिन सहमत भएका हुन् ।

    विपक्षी दलहरुले गृहमन्त्रीको जवाफपछि के गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक २ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । 

    प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् ।

    यसअघि आज बिहान बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने निर्णय गरेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार