नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त भएका छन् ।
प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै विकास आएका जेठ १३ देखी लागू हुने गरी नियुक्त भएका हुन् । नियुक्ति भएसँगै, आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख संचालन अधिकृतको समेत जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्