शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नबिल बैंकको नाफा सात अर्ब १२ करोड बढी

नबिल बैंकको नाफा सात अर्ब १२ करोड बढी

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • नबिल बैंकको नाफा सात अर्ब १२ करोड बढी

    नबिल बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    गत आवको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख, खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख, कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३.४४ रुपैयाँ रहेको यस्तो आम्दानी गत आवमा बढेर २६.३४ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ । अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा ४.२७ प्रतिशतमा झरेको छ । त्यस्तै, गत आवमा बैंकको वितरणयोग्य नाफा ५४.८६ प्रतिशतले बढेर अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

    बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको छ । अघिल्लो आवमा लाभांश क्षमता ११.३९ प्रतिशत थियो । २७ अर्ब ५ करोड ६९ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा करिब ३१ अर्ब ९१ करोड रुपैयाँ सञ्चित छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार