शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ: मन्त्री सिंह

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ: मन्त्री सिंह

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ: मन्त्री सिंह

    उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

    Photo (4).jpg

    विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाईकल र  गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन् ।

    Prakashman Singh    .jpg

    ‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ । यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन । अनवरतरुपमा लागिरहनुपर्छ । साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ । साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ । मोटरसाइकल र  गाडिहरुको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाँही दुषित गरिरहेको छ ।’

    Photo (8).jpg

    साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरुको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए । उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए ।
    उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरुको गुनासो छ । त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ ।

    Prakashman Singh      .jpg

    काठमाडौं उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरु बढिरहेका छन् । यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो ।’

    Photo (6).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार