शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर

लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर


    लोकतान्त्रिक निर्माण व्यवसायी संघ मुगुको अध्यक्षमा प्रेमबहादुर शाही निर्वाचित भएका छन् ।  शुक्रबार मुगुको सदरमुकाम गमगढीमा सम्पन्न भएको लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला अधिवेशनबाट शाही सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    Photo (4).jpeg

    संघको उपाध्यक्ष द्धय कर्मा तामाङ लामा, तिर्थराज चौलागाई, महासचिवमा अर्जुनकुमार केसी, उपमहासचिवमा द्धय सुरेन्द्र रावल, राकेश रोकाया, कोषाध्यक्षमा जयन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा द्धय सुशिलकुमार मल्ल, बखत शाही निर्वाचित भएका छन् । सदस्यहरुमा सानुमाया मल्ल, कैलाश बढुवाल, धर्मेन्द्र रावल, मयलाल बोहोरा, हरी रावल, होमराज भाम, रडक शाही र हिक्मत मल्ल रहेका छन् ।

    Photo (1).jpeg

    यस्तै, लोकतान्त्रिक निर्माण व्यवसायी संघको केन्द्रीय प्रतिनिधिमा लोकेन्द्रबहादुर मल्ल, रमेशकुमार मल्ल, लोकेन्द्रबहादुर शाही, लोकराज दाहाल, तिलकबहादुर कार्की, तिर्थराज चौलागाई निर्वाचित भएका छन् ।  लोकतान्त्रिक निर्माण व्यवसायी संघका प्रदेश संयोजक मोहनप्रकाश आचार्यको सभापतित्वमा नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा सहभागिहरुले तमाम निर्माण व्यवसायीका हक र हितका लागि लड्ने जुजारु संगठनका रुपमा लोकतान्त्रिक निर्माण व्यवसायी संघले काम गर्नुपर्ने बताएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार