शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images
आर्थिक सर्वेक्षण:

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • आर्थिक वृद्धि ४.६१ प्रतिशत, ऋण २६ खर्ब ७६ अर्ब पुग्यो

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए ।

    मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए ।  पौडेलले मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।  

    प्रदेशगत रूपमा मधेस, कोसी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दामाथि छ ।  चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान सर्वेक्षणमा उल्लेख गरिएको छ ।

    यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।  

    गत फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो । यसैगरी मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ ।  

    सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब, १५ वटा घाटामा
    सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब १० अर्ब १७ करोड पुगेको छ ।  बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले वृद्धि भएको बताएका हुन् ।

    सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ । 

    कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । ०७९/८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए ।  त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार