शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बुटवलमा पूर्वपतिले गरे पूर्वपत्नीसहित दुई बालिकाको निर्मम हत्या

बुटवलमा पूर्वपतिले गरे पूर्वपत्नीसहित दुई बालिकाको निर्मम हत्या

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • बुटवलमा पूर्वपतिले गरे पूर्वपत्नीसहित दुई बालिकाको निर्मम हत्या

    बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बुधबार बिहान एक महिलासहित दुई जना बालिकाको हत्या भएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू, ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या भएको हो ।

    प्रारम्भिक अनुसन्धानमा पूर्वपति सुजन कोइरालाले यो हत्या गरेको आशंका पुष्टि भएको प्रहरीले जनाएको छ। दीपा बस्यालले केही वर्षअघि सुजनसँग सम्बन्धविच्छेद गरी शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । मृतक बालिकाहरू शंकर ढकालका सन्तान भएको खुलेको छ।

    प्रहरीका अनुसार मंगलबार सुजनले दीपालाई आफ्नो घर बोलाएका थिए र बुधबार बिहान घन र चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनास्थलमा तीनै जनाको शव फेला परेको थियो।

    हत्या पछि फरार भएका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सुजन पहिले पनि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी आममाफीबाट छुटेका व्यक्ति रहेको खुल्न आएको छ।  

    सम्बन्धविच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो ।  रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार