शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका

    बागलुङको जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ। सुकुम्वासी, आर्थिक अभावमा पुनर्निर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो ।

    नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो । हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं १० राङखानीकी हरिमाया थापा, वडा नं ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

    सुकुम्वासीको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने सापकोटाको भनाइ छ। हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताए ।

    नगरपालिकाले १३ सुकुम्वासी, विपद्बाट क्षति घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनर्निर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवस निर्माण गरिरहेको बताए। तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद् र आर्थिक अभावका कारण पुनर्निर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उनको भनाइ छ।

    उपप्रमुख शर्माले भने, ‘कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनु हुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ।’ लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आएका जैमिनी नगरपालिका–८ का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार