शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको आपत्ति

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको आपत्ति

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको आपत्ति

    राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । आयोगले यस्ता अभिव्यक्तिहरू मानव अधिकारका मूल्यमान्यता र विधिको शासनविपरीत हुने स्पष्ट पारेको छ ।

    आइतबार आफ्नो पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टी (नेकपा एमाले) को नियन्त्रणमा हुनुपर्ने बताएका थिए । उनले राजावादी समूहको प्रदर्शनलाई लक्षित गर्दै कार्यकर्ताहरूलाई त्यस विरुद्ध उत्रन निर्देशन दिएका थिए । यो अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

    आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक मुलुकमा शान्ति–सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको हो । कुनै पनि पार्टीले कुनै क्षेत्रलाई नियन्त्रणमा लिने कुरा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताविपरीत छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।”

    आयोगले नेपालको संविधान र कानुनले शान्तिपूर्ण रूपमा विचार र अभिव्यक्ति राख्न कुनै निषेध नगरेको स्मरण गराउँदै जिम्मेवार व्यक्तिहरूलाई संयमित अभिव्यक्ति दिन, अरू व्यक्ति, समूह वा पार्टीलाई लक्षित गरी मुठभेड निम्त्याउन सक्ने उत्तेजनापूर्ण टिप्पणी नगर्न र शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, सुरक्षा निकायलाई राजधानीलगायतका क्षेत्रमा शान्ति–सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ । 

    nhrx.png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार