शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी

युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी

    राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी दशौं महाधिवेशनमा कास्की निवासी मदन भण्डारीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पर्यटन क्षेत्रसँग जोडिएका र युवा माझ लोकप्रिय भण्डारी सचिव पदका लागि बलियो दाबेदार मानिएका छन् ।

    व्यवसायिक रुपमा सफल युवा पर्यटन व्यवसायी समेत रहेका भण्डारीले युवाहरुलाई देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनी भन्छन्, ‘देशका युवालाई पर्यटन क्षेत्रमा लगानी गर्न र काम गर्न प्रेरित गर्न सके, वैदेशिक रोजगारतर्फको निर्भरता घटाउन सकिन्छ । पर्यटन क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।’

    भण्डारी विगतमा राष्ट्रिय युवा संघको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी नेकपा (एमाले) द्वारा गठित साइबर सर्कलको प्रमुखको रूपमा पनि काम गरिसकेका छन् । संगठनप्रति निष्ठावान, विषयगत जानकारीमा दख्खल राख्ने र नेतृत्व क्षमतामा निपूर्ण भण्डारीको छवि एक प्रतिबद्ध युवा नेताको रूपमा स्थापित छन् ।

    भण्डारीको नेतृत्वमा भएका अघिल्ला कार्यक्रमहरू सफल र प्रभावशाली रहेका छन् । उनले युवालाई डिजिटल सशक्तिकरण, उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने थुप्रै अभियान सञ्चालन गरेका थिए । हालसम्म पनि उनले पर्यटनको माध्यमबाट युवालाई स्वरोजगार बन्न प्रेरित गर्दै आएका छन् ।

    सचिव पदमा निर्वाचित भए उनले राष्ट्रिय युवा संघलाई थप सशक्त, नीतिगत रुपमा प्रभावकारी, र युवामैत्री बनाउने योजना अघि सारेका छन् । उनले संगठनको केन्द्रीय संरचना र स्थानीय तहसम्मको समन्वयलाई सुदृढ गर्दै देशभरि युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । हाल पोखरामा जारी महाधिवेशनमा देशभरिबाट हजारौं प्रतिनिधिहरूको सहभागिता छ । महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार