शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले भने–आज मन्त्रालयले विज्ञप्ति निकाल्छ, पछि आफै बोल्छु

भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले भने–आज मन्त्रालयले विज्ञप्ति निकाल्छ, पछि आफै बोल्छु

जेठ १०, २०८२ शनिवार
जेठ १०, २०८२ शनिवार
  • भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले भने–आज मन्त्रालयले विज्ञप्ति निकाल्छ, पछि आफै बोल्छु

    गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणका सम्बन्धमा आफूमाथि लागेको आरोप बारे दुई–चार दिनमा बोल्ने बताएका छन्। आज शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा उनले यस प्रकरणबारे मुख खोलेका हुन्।

    एक कार्यकताले तपाई चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। दुई–तीन दिन चुप लागेर बसेकाे थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखेको थिएँ। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई-चार दिनमा आफै पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’

    यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताएका छन्। उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका साथीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दिनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दिनँ।’

    आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार