शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

१९ जना यात्रु सवार समिट एयरको विमान किन भयो आकस्मिक अवतरण?

१९ जना यात्रु सवार समिट एयरको विमान किन भयो आकस्मिक अवतरण?

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • १९ जना यात्रु सवार समिट एयरको विमान किन भयो आकस्मिक अवतरण?

    काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमान चालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए।

    बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । 

    उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए। यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार