शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पोखरा उच्च अदालतले दियो रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन आदेश

पोखरा उच्च अदालतले दियो रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन आदेश

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • पोखरा उच्च अदालतले दियो रविविरुद्धको मुद्दामा प्रमाण झिकाउन आदेश

    पोखरा उच्च अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित अभियुक्त रहेको यस मुद्दाको मिसिल जिल्ला अदालतबाट झिकाउने गरी उच्च अदालतले आदेश गरेको हो।

    मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लगातार तीन दिनको सुनुवाइपछि आज आइतबार यस्तो आदेश दिएको हो। जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सरकारी वकिलले लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् भने उक्त धरौटी बढी भएको भन्दै लामिछानेले पनि निवेदन दिएका छन् । दुवै पक्षका निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको छ ।

    लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल र लीला पछाईसँग सम्बन्धित निवेदन पनि एकसाथ राखिएको छ । लामिछानेका कानुन व्यवसायीले भने आफूहरूलाई थाहै नदिई सुनुवाइ अगाडि बढाएको भन्दै इजलासमा प्रश्न उठाएका थिए।

    यसअघि बुटवलको सुप्रिम सहकारीको ठगीमा जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। लामिछाने रुपन्देही कारागारमा छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार