शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुनसरीबाट एक सय ८० हजयात्री जाने

सुनसरीबाट एक सय ८० हजयात्री जाने

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • सुनसरीबाट एक सय ८० हजयात्री जाने

    हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन् । इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन् । 

    हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताए । हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उनले जानकारी दिए । 

    सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने उनले बताए। सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर प्रस्थान गर्नेछन् । बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा जाने जनाइएको छ ।

     गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकाबाट छनोट भएका एक सय ८० जना छनोटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । यात्रीको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समितिले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार