शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सतुङ्गलको कपडा गोदाममा भीषण आगलागी

सतुङ्गलको कपडा गोदाममा भीषण आगलागी

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • सतुङ्गलको कपडा गोदाममा भीषण आगलागी

    काठमाडौंको चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलको गोदाममा विद्युत् सर्ट भएर आगो लागेको छ। आज बिहान करिब ५ः३० देखि लागेको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका छन् । चारतले आरआर कम्पलेक्सको भूइँतलामा रहेको कपडाको गोदाममा अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीको कारण खुलेको छैन।

    आगलागीको खबर प्राप्त पश्चात हुँनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, प्रहरी बृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना प्रहरी घटनास्थलमा पुगेका थिए। त्यसै गरी प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातीर्थबाट ४ जना प्रहरी र ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाली सेना पनि आगलागी नियन्त्रणमा परिचालन भएका छन्।

    आगलागी नियन्त्रणमा चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुर महानगरको दकमल, नेपाली सेनाको दमकल, काठमाडौँ महानगर पालिकाका २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको छ। त्यसैगरि स्थानिय पानी ट्रयाङ्कर नौवटा पनि आगलागी नियन्त्रमा परिचालित छन्। केही बेरअघिबाट आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार