शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

१० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दावी, के भन्छ प्रहरी?

१० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दावी, के भन्छ प्रहरी?

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दावी, के भन्छ प्रहरी?

    भारत पञ्जावमा स्वतन्त्र खालिस्तान माग गर्दै पृथकतावादी आन्दोलन गर्दै आएको समूह एक अगुवा पक्राउ परेका छन्। उनलाई नेपाली भूमिबाट भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) ले नियन्त्रणमा लिएको भारतीय मिडियाले दाबी गरेका छन्।

    नेपालमा लुक्दै आएका भनिएका बलवीर सिंह भनिने कश्मिर सिंहलाई एनआईएले मोतिहार प्रहरीसँग चलाएको संयुक्त अपरेशनका क्रममा पक्राउ गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । तर, नेपाल प्रहरी यसबारे बेखबर छ।

    भारतीय सरकारद्वारा सञ्चालित अलइण्डिया रेडियोको वेभसाइट न्युज अनएयरले पनि त्यस्तै समाचार दिएको छ। चैत १५ को राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईलाई भारतबाट पक्राउ गर्न त्यहाँको सुरक्षा निकायले गरेको सहयोगको बदलामा नेपाली सुरक्षा निकायले खालिस्तानी आतंककारी पक्राउका निम्ति सहयोग गरेको सुरक्षा विश्लेषकहरुको अनुमान छ। एनआईएद्वारा नियन्त्रणमा लिएको भनिएका सिंह पन्जाबस्थित नाभा जेलबाट अन्य दुई बन्दीसँगै फरार व्यक्ति हुन् । नेपालका फरक–फरक शहरमा कपडा व्यवसाय गर्ने आवरणमा सञ्चालित खालसा इन्टरनेशनल नामक आतंककारी समूहसँग सिंह सम्बद्ध रहेको भारतीय मिडियाहरूको दाबी छ।

    उनले नेपालका विभिन्न ६ वटा बैंकमा खाता खोलेको र क्यानडाबाट आर्थिक कारोबार हुने गरेको दाबी गरिएको छ। त्यसरी गरिएको आर्थिक कारोबार भारतमा आतंककारी गतिविधि सञ्चालनमा प्रयोग भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। बलवीर सिंहलाई पक्राउका निम्ति सूचना दिने व्यक्तिलाई १० लाख भारु पुरस्कार घोषणा गरिएको थियो । पन्जाब पुलिसको इन्टेलिजेन्स मुख्यालयमा भएको आतंककारी हमलाका मुख्य योजनाकार बलवीर नै थिए। नेपाल प्रहरीका प्रवक्ता रमेश थापा भने सिंहलाई नेपालबाट पक्राउ गरिएकोबारे जानकारी नभएको बताउँछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार