शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु, आगो नियन्त्रणमा

काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु, आगो नियन्त्रणमा

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु, आगो नियन्त्रणमा

    काठमाडौंको मखन गल्लीमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ ।

    उनी वृद्ध महिला रहेको तर सनाखत भइनसकेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिल बोहोराले जानकारी दिए । उनका अनुसार, आगो नियन्त्रणमा आइसकेको छ ।

    सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगो सल्किएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

    दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार