शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छः मन्त्री शाही

अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छः मन्त्री शाही

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छः मन्त्री शाही

    वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अबको वन व्यवस्थापन  नगद आम्दानी, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संंवद्र्धन गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण भएकाले स्थानिय रोजगारी सिर्जनासँग जोड्न प्राविधिक दृश्टिकोणको आवश्यक रहेको  बताएका हुन् ।  

    उनले भने, ‘नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण छ । अबको वन व्यवस्थापन  नगद आम्दानी, नव प्रवद्धन, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्दछ ।  तर यस्तो रुपान्तरण केवल राजनीतिक ईच्छा शक्तिले मात्रै सम्भव हुँदैन ।  यसलाई प्राविधिक दृश्टिकोणबाट पनि मार्गदर्शन गर्न  आवश्यक छ ।’

    साथै उनले अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्ने बताए । उनले वन क्षेत्रको वर्गिकरण वैज्ञानिक विधिको प्रयोगद्वारा गर्दा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिने बताए ।

    उनले भने, ‘वन क्षेत्रको वर्गिकरण, विभिन्न कटानी, प्रजातिको सन्तुलन तथा रोटेसन जस्ता वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ । अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्दछ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार