शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुई किशोर कर्णाली नदीमा बेपत्ता

दुई किशोर कर्णाली नदीमा बेपत्ता

बैशाख २७, २०८२ शनिवार
बैशाख २७, २०८२ शनिवार
  • दुई किशोर कर्णाली नदीमा बेपत्ता

    कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोर वेपत्ता भएका छन् । कालीकोट र दैलेखका दुई किशोर छुटा–छुटै ठाउँबाट कर्णाली नदीमा बेपत्ता भएका हुन् ।

    कालीकोटको पचालझरना गाउँपालिकास्थित जारकोट नजिकै कर्णाली नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बेपत्ता हुनेमा नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका बिराज बिष्ट रहेको छन् । यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ डौंसुरका १५ वर्षीय भूपेन्द्र सावन पनि कर्णाली नदीमा बेपक्ता भएका छन् ।

    शुक्रबार दिउँसो मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार बेपत्ता भएका दुवै किशोर अझै भेटिएका छैनन् । उनीहरुको स्थानीय नागरिक, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार