शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आन्दोलनलाई कमजोर ठाने बढारिनु पर्लाः राजेन्द्र लिङदेन

आन्दोलनलाई कमजोर ठाने बढारिनु पर्लाः राजेन्द्र लिङदेन

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • आन्दोलनलाई कमजोर ठाने बढारिनु पर्लाः राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । आज बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलन निष्कर्षमा पुर्‍याउने दाबी गरेका हुन्।

    आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने उनले चेतावनी समेत दिएका छन् । ‘यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नु भयो भने बढारिनु पर्ने परिस्थिति आउन सक्छ । आग्रह छ, बढार्न नपरोस्’, उनले भने ।

    अब बल सरकराको कोर्ट रहेको समेत उनले बताएका छन् । ‘बल सरकारको कोर्टमा छ । कुनै दमनको जालझेलको सहारा लिएर होइन । समझदारीमा आउनुस्’, लिङदेनले भने । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको उनले बताए । राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापनाका लागि आगामी जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्ने घोषणा राजवादीले गरेका छन्। ‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन । कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन । यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने ।

    उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे । ‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ । आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् । लिङ्देनले थप भने, ‘यो ध्रुवीकरणमा सामेल हुन अहिलेको कठित गणतन्त्रको पक्षमा रहेका, ०६२/०६३ को परिवर्तनलाई परिवर्तन मान्नेहरूलाई पनि आउन आग्रह गर्न चाहन्छु ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार