शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना,  एक जनाको मृत्यु

    धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । 

    जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो ।

    तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।

    घाइतेहरुः 

    भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर
    भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर 
    धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर 
    धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।
    धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।
    भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।
    भोजपुरकै अनमोल तामाङ । 
    भोजपुरकी २४ वर्षीय सविना बराइली ।
    भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा । 
    भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ । 
    बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ । 
    सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।
    सुनसरीका २७ वर्षीय आयुष राई ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार