शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

    प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माण कार्य अलपत्र भएको छ ।  पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ ।

    सहरी विकास मन्त्रालयले कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा पुष्पलाल पार्कको निर्माण थालेको ५ वर्ष बित्यो । तर निर्माणको हिसाबले पार्कको सामान्य संरचनाको बनेको छैन ।  पार्क निर्माणको सबै काम सम्पन्न हुँदा ५५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर पर्याप्त बजेट विनियोजन गर्दा विस्तृत योजना प्रतिवेदन अनुसार संरचना निर्माणका काम अघि बढ्न सकेका छैनन् ।

    Photo (1).jpeg

    पार्कको लागि ५२ रोपनी जमिन अधिग्रहण गरिएको छ । सो जग्गामा एउटा सभा हल, शौचालय र केही आवासका लागि साना भवन बन्नु बाहेक अन्य काम भएको छैन ।  निर्माण व्यवसायी मार्फत बनाइएको ती संरचनाको संरक्षण गर्ने कुनै निकाय छैन । निर्माण व्यवसायी काम सकेर हिँडेपछि ती संरचना बेवारिसे जस्तै बनेका छन् । बनेका संरचना प्रयोग नै नगरी थोत्रिँदै गएका छन् ।

    नेपालको राजनीतिका दुई शीर्ष पुरुष बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा बिपी स्मृति पार्क र पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको कार्य एकै साथ थालनी गरिएको थियो । सिन्धुलीको दुम्जामा निर्माणाधीन बिपी पार्कको अवस्था पनि त्यस्तै छ । 

    Photo (3).jpeg

    अन्तर्राष्ट्रिय स्तरको सङ्ग्रहालय सहितको पार्क निर्माणको योजना अनुसार सरकारले सो पार्क निर्माणको कार्यक्रम अघि बढाएको हो । कम्युनिष्टहरुको लागि भँगेरीलाई तीर्थस्थलको रूपमा विकास गर्न सो पार्क निर्माणको अवधारणा अघि सारिएको वाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल बताउँछन् ।  सोही अनुसार आफू वाग्मती प्रदेशको मन्त्री हुँदा बजेट विनियोजनको लागि पहल गरेको उनले जानकारी दिए । तर पार्कको लागि अहिले न बजेट परेको छ, न कुनै काम भएको छ ।

    Photo (2).jpeg

    सो पार्कमा पुष्पलालले प्रयोग गरेका समानहरू सहित सङ्ग्रहालय बनाएर राख्ने योजना छ । सङ्ग्रहालयमा गङ्गालाल र पुष्पलालसँग सम्बन्धित सामाग्रीहरूका साथै कम्युनिष्ट पार्टीका महत्त्वपूर्ण सामाग्रीहरू समेत राखिने छन् । त्यसको लागि गङ्गालाल र पुष्पलालले प्रयोग गरेका सामाग्री पुस्तक, लेख रचना लगायतका सामाग्री सङ्कलन पनि भइरहेका छन् । तर पार्क कहिले पुरा हुने हो निश्चित छैन । 
    पार्कमा गङ्गालाल, पुष्पलाल सहित कम्युनिष्ट पार्टीका संस्थापकको मूर्ति राख्ने योजना छ । सोही योजना अनुसार काठमाडौंमा मूर्ति बनिसकेका छन् । तर निर्मार्णकार्य सुस्त हुँदा मूर्ति राख्ने काम हुन सकेको छैन ।

    Photo (7).jpeg

    भँगेरीमा अहिले सानो डुङ्गामा कुँदिएको गङ्गालाल र पुष्पलालको मूर्ति छ । त्यहाँ पुग्ने मानिहरूँ त्यही मूर्तिको छेउमा बासेर फोटा खिच्छन् र गङ्गालाल र पुष्पलालको उपेक्षा भयो भनेर गाली गर्छन् । तर जसले गाली गर्छन्, उनीहरू नै सत्तामा पुग्दा पार्कको कामलाई पूर्णता दिन कुनै पहल गर्दैनन् ।  कम्युनिष्ट पार्टीका संस्थापक महासचिव जन्मिएको ठाउँमा बन्न लागेको पार्क अलपत्र पर्नु विडम्बनापूर्ण भएको नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल बताउँछन् ।

    Photo (8) (1).jpeg

    सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ दाजु–भाइ हुन् । उनीहरूका बुबा रामेछापको मालपोत अड्डामा हाकिम भएर जागिरको लागि रामेछाप आएको बेला भँगेरीमा डेरा लिई बसेका थिए । गङ्गालाल र पुष्पलाल दुवै भँगेरीमा नै जन्मिएर हुर्किएका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार