शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वर्षाले नारायणघाट-बुटवल सडक अवरुद्ध, कान्ति लोकपथ पनि अवरुद्ध

वर्षाले नारायणघाट-बुटवल सडक अवरुद्ध, कान्ति लोकपथ पनि अवरुद्ध

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • वर्षाले नारायणघाट-बुटवल सडक अवरुद्ध, कान्ति लोकपथ पनि अवरुद्ध

    शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

    गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।

    सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्णरूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको छ भने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । 

    उनले रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।

    कान्ति लोकपथ पनि अवरुद्ध
    त्यसैगरी, रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

    वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै  सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले  जानकारी दिए ।

    प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य  मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार