शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै, महासंघले मन्त्रिपरिषद्को निर्णय कुर्ने

शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै, महासंघले मन्त्रिपरिषद्को निर्णय कुर्ने

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै, महासंघले मन्त्रिपरिषद्को निर्णय कुर्ने

    शिक्षकका माग सम्बोधन गर्न आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। आजको वार्ताले ठोस निर्णय लिने र सोही निर्णयलाई मान्यता दिने गरी निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

     शिक्षक महासंघले मन्त्रिपरषद्बाट निर्णय भएपछि मात्र सहमतिको प्रक्रिया अगाडि बढाउने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालययमा जारी बैठकमा सहभागी महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रिपरिषद्बाट निर्णय भएपछि सहमतिको प्रक्रिया अगाडि बढ्ने बताइन् । 

    शिक्षक आन्दोलनका विषयमा शिक्षा मन्त्रालयले केही दिनदेखि लगातार वार्ता गरिरहेको छ। शिक्षकहरूले सरकारसँग वार्ता र आन्दोलन सँगसँगै गरिरहेका छन्। 

    शिक्षक महासंघले केही माग मन्त्रिपरिषदबाटै र केही माग संसदबाट टुङ्गाउनुपर्ने जनाउँदै सरकारले निर्णय गरेपछि परीक्षा सञ्चालनसहितका विषय अघि बढ्ने जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार