शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रपतिबाट माफी पाएका रेशम किन पक्राउ परे ?

राष्ट्रपतिबाट माफी पाएका रेशम किन पक्राउ परे ?

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • राष्ट्रपतिबाट माफी पाएका रेशम किन पक्राउ परे ?

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनबाट उनलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

    चौधरी जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रमका लागि प्रज्ञा भवन पुगेका थिए । तर, कार्यक्रम सुरु नहुँदै प्रहरीले उनलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार पुर्‍याएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार टिकापुर घटनाको बाँकी कैद भुक्तान गर्न पक्राउ गरिएको जानकारी दिए ।

    ‘पहिलेको मुद्दामा कैद पूरा हुन बाँकी भएकाले उनलाई पक्राउ गरिएको हो,’ उनले भने । कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेपछि मात्रै थाहा हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

    चौधरी टीकापुर घटनाका प्रमुख आरोपी हुन् । उनलाई २०७२ सालमा भएको घटनापछि जन्मकैदको सजाय सुनाइएको थियो । तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिको निर्णयबाट उनी कैदमुक्त भएका थिए ।

    सो निर्णयविरुद्ध सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार